भारतीय गायिका सुष्मिताले गरिन आत्महत्या, छोडिन् यस्तो सुसाइट नोट

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ०४


चर्चित भारतीय गायिका सुष्मिताले सुसाइट नोट छोड्दै आत्महत्या गरेकी छिन्। उनले पतिको हत्याचार र गृहस्थि जीवनबाट हैरान भएर आत्महत्या गरेको बताइएको छ। 

उनले सोमबार बिहान सुसाइट नोटका रुपमा एक व्हाट्स एपमा आफ्नी आमालाई भ्याइस म्यासेज छोड्दै झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिर्पोटका अनुसार सुष्मिताले आफ्ना पतिको व्यवहारबाट दिक्क भएर आत्महत्या गरेको बुझिएको छ। सुष्मिताको विवाह शरत कुमारसँग भएको थियो। जसले एक नीजि कम्पनिमा काम गर्थे । 

घटनाका बारेमा अन्नपूर्णेश्वरी नगर प्रहरीमा उजुरी दर्ता भएको छ। तर आरोपी शरत फरार रहेको समाचारमा उल्लेख छ। 

गायिका सुष्मिताले आत्महत्या गर्नुअघि पठाएको भ्यासम्यासेजमा उनले भनेकी छिन्, मेरा पतिलाई यस्तै नछोड्नु । मलाई माफ गरिदिनु। मलाई विभिन्न यातना नदिनका लागि मैले उसका सामु लाखौँ विन्ती गरे। तर उसले कहिलै मानेन्। मैले अब आफ्नो कर्मको सजाय भोग्दैछु। 

उनले उक्त सन्देशमा वैवाहिक जीवनमा भोग्नु परेको कयौँ समस्या व्यक्ति गरेकी छिन्। उनले आफ्ना पतिले आफ्ना पतिमासथि आफूलाई एक शब्द बोल्न नदिने, सधै घर छोडेर जा भन्ने जस्ता व्यवहार गर्दै आएको आरोप लगाएकी छिन्। 


प्रतिक्रिया दिनुहोस्