गाडेकै ठाउँबाट बालकको शव किन निकालियो ?

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : १२


काठमाडाैं । पश्चिम नवलपरासीको परासीमा एक बालकको शंकास्पद मृत्यु भएको भन्दै गाडिसकेको शव प्रहरीले निकालिदिएको छ । निकालिएको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइने भएकाे छ ।

नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इङ्लिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको शव प्रहरीले पोष्टमार्टमका लागि पठाएको हो । बालकको मृत्यु शंकास्पद भएपछि शव पोष्टमार्टका लागि काठमाडौंस्थित टिचिङ्ग अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएकाे छ । आइतवार मृत्यु भएका बालकको शव पोस्टमार्टम नगरी खोला किनारामा लगि गाडिएको थियो ।

गएको शुक्रबार विहान स्वस्थ रुपमा विद्यालय आएका बालक पासवान एक्कासी विरामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो । विद्यालयले विद्यार्थी पहिलादेखि नै विरामी रहेको जनाउँदै आएको छ भने बालकका आफन्तले भने बालकको विद्यालयमा भएको कुटपिटबाट निधन भएको दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्