११ लाख बढीले हेरे पशुपति शर्माकाे ‘जता नी चोर’ (भिडियो)

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ५०


काठमाडौं । चर्चित गायक पशुपति शर्माको गीत 'जता नी चोर' ११ लाख बढीले हेरेका छन । पशुपति शर्माकै अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएकाे उक्त गीत 'लुट्न सके लुट'को दोस्रो संस्करणको रुपमा सार्वजनिक गरेकाे गायकले बताएका छन ।

पशुपति शर्माकै शब्द, संगीत र आवाजमा रहेको गीतको अरेञ्ज केशव बडुले गरेका छन् भने गीतको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् । गीत सार्वजनिक भएको ५ दिनमै लाखौं दर्शकहरुले यूट्युबमार्फत हेरिसकेका छन् ।

यसअघि सार्वजनिक भएको 'लुट्न सके लुट' गीतको पहिलो संस्करणमा सरकारकाे बढी खेदाे खनेकाे धन्दै विवाद भएपछि यूट्युबबाट समेत हटाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्