काठमाडौँ । पूर्व सांसद तथा नेपाली कांग्रेस जिल्ला नेता भागवत ज्ञवालीको निधन भएको छ।
गुल्मीका पहिलो जिल्ला सभापति ज्ञवालीको काठमाडौँको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
ज्ञवालीको ७७ वर्षको उमेरमा आज (मंगलबार) बिहान करिब तीन बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली तथा दुख व्यक्त गर्नुभएको हो।