कोरोना भाइरसका कारण वुहानको उचाङ्ग अस्पतालका निर्देशकको मृत्यु

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ०७


काठमाडाैं । कोरोना भाइरसका कारण वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको छ । कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको हो ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ । करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्