काठमाडाैं । ६ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन । छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–६ बस्ने २१ वर्षीय नरेन थापालाई पक्राउ गरेकाे हो ।
६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उजुरी दिएपछि शिक्षक थापालार्य सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । शिक्षक थापामाथि मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।
आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन् । विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आइरहेको उजुरीमा उल्लेख छ ।