काठमाडौँ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले दावाका सहयोगी सत्यमान लामालाई होटल सांग्रिला अगाडिबाट पक्राउ गरेको हो।
काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका लामा यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए।
प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन्। गुण्डागर्दी, लुटपाट, अवैध डलरको कारोबारलगायतका आरोप उनीमाथि लागेका छन्।