काठमाडौँ । दुई वर्षअघि मात्रै अस्ट्रेलिया जानुभएकी ललितपुरकी रमिला महर्जनको मृत्यु भएको छ। ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी जानुभएकी उहाँलाई ब्रेन ट्युमरको समस्या भएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
श्रीमान सञ्जय महर्जनसँगै रहेकी रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको बताइएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इंङ्गलिस स्कुलबाट एसएलसी पछि बीबीएस सकेर रमिला उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जानुभएको थियो ।