काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ३२


काठमाडौँ । काठमाडौँमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ।

शङ्करापुर नगरपालिका ६ को धोला टोलमा मङ्गलबार राति ना १ क ४५६४ नम्बरको टिप्परले स्थानीय बासिन्दा प्रविण श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो। ठक्कर दिने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो। 


प्रतिक्रिया दिनुहोस्