आज बदली तथा वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : १९


काठमाडौँ । आज पूर्वी पहाडी भेगका विभिन्न स्थानमा पानी पर्ने अनुमान गरिएको छ। 

माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक न्यून चापिय क्षेत्रको असर परेका कारण देशका विभिन्न स्थानमा बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अबको तीन दिनसम्म देशभर सामान्य बदली तथा विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान 

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  पूर्वी र मध्य पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 फागुन ०७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्