खरिपाटी क्वारेन्टाइनः ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ४०


काठमाडौँ । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ। रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन्।

स्थानीय रामलाल महर्जन भन्छन्, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो। रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो।” उनले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताए।

हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ। उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ। क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन्।

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो। क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे। केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए। 

सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्