लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ५३


काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।तनहुँको डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेको  बताइएक  छ ।

उनी विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा समेेत दर्ता गरिएको छ। गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ ।गुरुङमाथि शनिबार साँझ केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छिन् ।


प्रतिक्रिया दिनुहोस्