निर्भयाका बलात्कारीलाई झुण्ड्याउन नयाँ मिति तय

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ११


नयाँ दिल्ली । भारतको चर्चित निर्भया बलात्कार तथा हत्या काण्डमा दिल्लीको पटियाला हाउस अदालतले अपराधीलाई झुण्ड्याउन नयाँ मिति तय गरेको छ। 

यसभन्दा पहिले पनि अदालतले दुई पटक फाँसीको मिति तय गरेको थियो।

दोषीहरुले विभिन्न ठाँउमा याचिक दिएपछि उक्त मितिमा उनीहरुलाई मृत्युदण्ड दिन स्थगित भएको थियो।

सोमबार जारी गरिएको अन्तिम मृत्यु वारेन्ट अनुसार अदालतले चारैजना दोषीलाई फाँसी दिन मार्च ३ तारिखमा बिहान ६ बजेको समय तोकेको छ।

निर्भयाको सामुहिक बलात्करपछि हत्या गर्नेमा मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता दोषी रहेका छन्।

यसभन्दा अघि अदालतले जनवरी २२ मा फाँसीको मिति तोकेको थियो तर राष्ट्रपतिकहाँ दोषीहरुले दया याचिका दिएपछि मृत्युदण्डको मिति स्थगित गरिएको थियो। पछि, अदालतले फेब्रुअरी १ को दिन तोकेको थियो तर त्यस दिन पनि फाँसी दिन सकेन र अर्को आदेश नभएसम्म त्यसलाई स्थगित गरिएको थियो।

निर्भयाकी आमा आशा देवीले मृत्युदण्डको लागि तोकिएको नयाँ मितिपछि अपराधीलाई यस पटक झुण्ड्याइने र उनीहरूले कुनै कानुनी जटिलताको फाइदा लिन नसक्ने आशा व्यक्त गरेकी छिन्।

२०१२ मा दिल्लीमा एउटा बसमा रहेकी २२ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको सामुहिक बलात्कारपछि हत्या भएको थियो। 


प्रतिक्रिया दिनुहोस्