काठमाडौं । कोराना भाइरसबाट चीनमा पहिलो पटक अस्पतालका प्रमुखको मृत्यु भएको छ।
कोरानाका बिरामीहरुलार्ई बचाउन उपचारमा खटेका बरिष्ट चिकित्सक तथा वुहान अस्पतालका निर्देशक लिउइ जिमिंगको सोमबार संकमणबाट निधन भएको हो।
चीनमा यसअघि पनि दर्जनौं चिकित्स्कहरुको मृत्यु भएको छ। १७ सय भन्दा बढि स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
अस्पतालका निर्देशककै भने पहिलो पटक उक्त संक्रमणबाट मृत्यु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
Liu Zhiming, director of #Wuhan Wuchang Hospital, died on Feb. 17 due to the infection with #COVID19. He is the first hospital director that died from #coronavirus. #RIP pic.twitter.com/fva8E2pDz6
— People's Daily, China (@PDChina) February 17, 2020
घातक कोरोना भाइरस विरुद्धको लडाईमा चीनले सबै भन्दा अग्र मोर्चामा चिकित्सक तथा स्वास्थ्य सैनिकहरु खटाएको छ।
घातक यो रोग विरुद्धको लडाईमा चीनले अझै विजय प्राप्त गर्न सकेको छैन।
सोमबारसम्म १८ सय जनाको ज्यान गएको छ । ७० हजार भन्दा बढि मानिस संक्रमित भएका छन् ।