दाङका युवा ज्योतिष जसले बिहानै गरेका थिए, महरा छुट्ने भविष्यवाणी

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ४०


काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पूर्ण सफाई दिएपछि एकाएक दाङका युवा ज्योतिष मुस्कान खनाल चर्चामा छन् । उनले आज बिहानै महराकै पक्षमा फैसला हुने भविष्यवाणी गरेका थिए ।

युवा ज्योतिष मुस्कान खनालले आज बिहानै यस्तो लेखेका थिए :
‘‘पूर्वसभामुख महराविरुद्धको मुद्दा फैसला आज हुँदैछ । ज्योतिषशास्त्रको नियमअनुसार उहाँको जन्मकुण्डलीको सुक्ष्म विश्लेषण गर्दा फैसला उहाँकै पक्षमा हुने देखिन्छ । अबका दिनमा विचलित नभई देश र जनताको सेवा गर्ने हिम्मत अझै बढ्दै जाओस्, शुभकामना ।’’

युवा ज्योतिष खनाल दाङको घोराही उपमहानगरपालिका– १४ घोराही निवासी हुन् । उनले यसअघि पनि पूर्वसभामुख महरा माघपछि मात्रै छुट्ने भविष्यवाणी गर्दै आएका थिए । उनी आज ज्योतिषसम्बन्धी एउटा अनुसन्धानको क्रममा दाङमै छन् । घोराही उपमहानगरपालिका महराकै निर्वाचन क्षेत्र दाङ– २ मा पर्छ ।

ज्योतिष खनालको स्टाटस

युवा ज्योतिष खनालले आज बिहान पोष्ट गरेको महराको जन्मकुण्डली यस्तो छ :

 


प्रतिक्रिया दिनुहोस्