बाबुरामले महरालाई भने, ‘जे हुनु भैगयो अब राष्ट्रिय मुद्दामा केन्द्रित होऔं’

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ०४


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तत्कालिन सभामुख कृष्ण बहादुर महरा रिहा भएकोमा खुशी व्यक्त गर्नु भएको छ।

सामाजिक सञ्जाल मार्फत भट्टराईले पूर्व सहकर्मी समेत रहेका महराबारे आफूले सोचे जस्तै आदेश आएको उल्लेख गर्नु भएको छ।

साथै उहाँले अब राष्ट्रिय मुद्धामा केन्द्रीत बन्न पनि महरालाई आग्रह गर्नुभएको छ। 


प्रतिक्रिया दिनुहोस्