चीनको ल्याबबाटै जन्मियो कोरोना भाइरस, लियो १८ सयको ज्यान

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ४५


चीन । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म करिब १८ सयको ज्यान गइसकेको छ। 

यस घातक भाइरसले पूरै विश्वलाई चिन्तित बनाएको छ। विश्वका कयौँ वैज्ञानिक कोरोना भाइरसको भ्याक्सिन खोज्नमा तल्लिन छन्। यसै क्रममा कोरोना भाइरस कहाँबाट उत्पन्न भयो भन्ने बारे धेरै प्रश्न उठेका छन्। 

रिर्पोटका अनुसार घातक भाइरसको सुरुवात चीनको हुवेई प्रान्तबाट भएको थियो। यस भाइरसको सबैभन्दा खतरनाक प्रभाव हुवईको राजधानी वुहानमा देखिएको छ। एक रिर्पोटका अनुसार केही वैज्ञानिकले यस भाइरसको जन्म वुहानको फिश मार्केटभन्दा केही दूरी टाढा रहेको एक सरकारी रिसर्च ल्याबबाट भएको दाबी गरेका छन्। 

चीनको सरकारी साउथ चाइना यूनिभसिर्टी अफ टेक्नोलोजीका अनुसार वुहान सेन्टर फर डिसीज कन्ट्रोलमा यस भाइरसको जन्म भएको थियो। 
ल्याबमा यस्ता जनावरलाई राखिने गरिएको थियो, जसबाट यस्तो भाइरस फैलिएको अनुमान गरिएको छ। उक्त ल्याबमा ६०५ चमेरा राखिएका थिए। त्यसैका माध्यमबाट कोरोना भाइरस फैलिएको आशंका वैज्ञानिकले गरेका छन्। 

यस बाहेक यस यूनिभर्सिटीको अनुसन्धान रिर्पोटमा पनि भएको छ की कोरोना भाइरसका लागि जिम्मेवार चमेरोले एक पटक एक अनुसन्धानका क्रममा हमला गर्यो।  जुन चमेराको रगत उसकै छालामा भेटियो। 
 
 


प्रतिक्रिया दिनुहोस्