दक्षिण कोरियामा कोरोना भाइरसको सफल उपचारः निको भएपछि महिलाको डिस्चार्ज

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ५९


सियोल । दक्षिण कोरियामा कोरोना जीवाणु पीडित एक चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। 

स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन्।

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र ९केसीडीसी० का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उहाँ गत फेब्रुअरी ११ मा अस्पताल भर्ना हुनु भएको थियो । 

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ । 

ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आउनु भएको थियो । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज हुनु भएको थियो । 

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ । 


प्रतिक्रिया दिनुहोस्