काठमाडौं । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नुभएकाे छ । हालै मात्र उपसभामुखबाट राजीनामा दिनुभएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएकाे हाे ।
नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले आज दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएकाे थियाे । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले कार्यभार सम्हाल्नुभएकाे हाे । अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएकाे थियाे ।