महरा निर्दोष ठहरिएपछि रोशनीले यस्तो भनिन्

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : २४


काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महरा विरुद्ध यौद दुव्र्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले न्यायको अनुभूति गरेको बताएकि छन्।

महरा रिहा भएसँगै उनले फैसलाले न्यायको अनुभुति दिएको भन्दै अदालतलाई धन्यावाद दिएकि छन्। 

‘एम सर (महरा) ले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, उनले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन्।’ 

आफूले महरा विद्धरु उजुरी नदिएको समेत उनले बताईन्। राज्य नै लागेर महरालाई फसाएको उनको आरोप छ।

उनले भनेकि छन्,“मैले भन्दै आएकी हुँ, उहाँ मेरो बुवा समानको मान्छेबाट यस्तो कार्य हुनै सक्दैन यो उहाँलाई फसाउन खोजिएको षड्यन्त्र हो रोशनीले भनिन, तर न्याय मरेको छैन भन्ने कुरा आज प्रमाणित भएको छ, म खुशी छु।”

शाहीले महराले आफूमाथि कुनै दुव्र्यव्हार नगरेको समेत दोहोर्याइन् 'उहाँले ममाथि त्यस्तो कुनै गैरकानुनी काम गर्नुभएको थिएन।’ उनले भनिन्

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई निर्दोष ठहर गरेको हो।


प्रतिक्रिया दिनुहोस्