काठमाडौँ । पूर्वसभामुख महरा अन्ततः रिहा हुनु भएको छ।
जिल्ला अदालत काठमाडौँले बलात्कार प्रयासको मुद्दामा सफाइ दिएपछि उहाँ डिल्लीबजार सदरखोर जेल जानु भएको थियो।
आवश्यक प्रकृयापछि उहाँ कारागारबाट रिहा हुनु भएको हो। रिहा हुँदै महराले अदालतप्रति कृतज्ञता व्यक्त गर्नु भयो।
'मलाई न्याय प्रदान गर्ने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु । अरु कुरा पछि गरौँला।' उहाँले भन्नु भयो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उहाँलाई सफाइ दिने फैसला गरेको हो।