प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ३४


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डका छोरा पक्राउ परेका छन् । 

विप्लव नेकपाको विद्यार्थी अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष समेत रहेको नरेन्द्र विकलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो । 

उनलाई बानेश्वरबाट पक्राउ गरि अपराध महाशाखा, टेकु लगिएको प्रहरीले जानकारी दिएको छ।

केहि दिन अघि प्रहरीले विप्लव नेकपाको विद्यार्थी संगठनका केन्द्रीय अध्यष चिरन्जीवि ढकाललाई पक्राउ गरेको छ।

आफ्ना अध्यक्ष पक्राउको विरोधमा उक्त संगठनले फागुन १४ गते शैक्षिक हड्तालको घोषणा गरेको छ।

यो पनि

फागुन १४ मा विप्लव निकट विद्यार्थीको शैक्षिक हड्ताल


प्रतिक्रिया दिनुहोस्