काठमाडौं । बलात्कार प्रयासको मुद्दामा निर्दोष देखिएका पूर्व सभामुख कृष्णबहादुर महरा अहिले केही बेरमा छुट्दै हुनुहुन्छ।
अदालतको फैसला सँगै निवर्तमान सभामुख महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ।
पुर्पक्षका लागि थुनामा रहेका उहाँलाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो।
उहाँ अहिले केही बेरमा रिहा हुने भएपछि कारागार बाहिर शुभेच्छुकहरुको भीड लागेको छ।