पूर्व सभामुख महरालाई अदालतले दियो सफाइ

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ५७


काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाउनु भएको छ। यौन दुर्व्यवहार विरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले उहाँलाई सफाइ दिएको हो। 

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो।

पूर्वसभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि अदालतले पूर्वक्षका लागि थुनामा राखेको थियो। 

उक्त मुद्धामा आज अन्तिम सुनुवाई भएपछि उहाँ आजै रिहा हुनुहुनेछ।

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा.भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा.दिनमणि पोखरेलले बहस गरेका थिए।

दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो।

महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

ती महिलाको आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

१९ असोज साँझ महराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। उनी सोही दिन पक्राउ परेका थिए।

महराविरुद्ध १४ कात्तिकमा अभियोग पत्र दायर भएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो।

त्यसविरुद्ध महरा पाटन उच्च अदालत पुगेका थिए। उच्च अदालतले ३ पुसमा जिल्लाकै आदेश सदर गरेको थियो। साथै, उच्चको आदेशमा एक महीनाभित्रमा मुद्दाको अन्तिम किनारा लगाउन भनिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्