भरतपुर । लेखक गुणराज लोहनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको तत्कालीन केन्द्रीय सदस्य रहेका लोहनीमाथि प्रहरीले लगाएको व्यवहारसम्बन्धी मुद्दा अदालतले खारेज गर्दै रिहा गर्न आदेश दिएको हो ।
चितवन जिल्ला अदालतबाट छुटेलगत्तै लेखक समेत रहेका लोहनीलाई पुनः पक्राउ गरिएको छ ।
प्रहरीले उनलाई कुनै जानकारी बिना चितवन स्थित घरबाट पक्राउ गरेको थियो।
सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि उसका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने गरेको छ ।