दिल्ली । भाजपा किसान मोर्चाकी प्रदेश सचिव मुनेश गोदारा हत्याकाण्डमा सोधपुछका क्रममा उनका पतिले सनसनीपूर्ण बयान दिएका छन्।
उनले पत्नीको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गर्दा छोराले ताकिरहेको बन्दुक हटाइदिएको बयान दिएको भारतीय मिडियाले जनाएका छन्।
छोरालाई बन्दुक हटाइदिएपछि केही उपाय नलागेर घटनास्थलबाट फरार भएको आरोपीले बताएका छन्। उनले बयानमा भनेका छन्, पत्नीको अवैध सम्बन्धका कारण म हैरान थिए। पत्नी मुनेशको नाममा भिवानीस्थित बाढडा गाउँमा दुई वटा फल्याट थिए। जो उनले जर्बजस्ती बेच्न लागेकी थिइन्।
फल्याट बेच्न लागेको र अवैध सम्बन्धबाट आजित भएका कारण आक्रोशित बनेको आफूले पत्नीमाथि गोली चलाएको स्वीकारेका छन्। पत्नीको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरेका बेला छोराले बन्दुक खोसेको उनले बताएका छन्।
प्रहरीले अनुसन्धानलाई सहयोग गर्न हत्याअघि महिला नेतृसँग भएको कुराकानी म्यासिन्जर र कल डिटेलका आधारमा मानिसको सूची तयारी पारेको थियो।
घटनाका प्रत्यक्षदर्शी भाजपा नेत्रीका ससुरा चंन्रभानले आफ्नो बयानमा बुहारीको भाजपा नेता बंटी गुर्जरका साथ गहिरो प्रेममा रहेको आरोप लगाएका थिए। उनले उक्त अवैध सम्बन्धका बारेमा बंटीकी पत्नी अनुलाई समेत थाहा भएको बताए। अवैध सम्बन्धलाई लिएर पति सुनील गोदारा र मृतकबीच विवाद भइरहेको थियो।