डोटीको केदारेश्वर उच्च माविका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ४६


डोटी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको लाना स्थ्ति केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरामािथ मुद्धा दायर गरेको छ। 

भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको उजुरीपछि  अख्यिारले अनुसन्धान गरेको थियो।

साविक जिल्ला शिक्षा कार्यालय डोटीले निकासा गरेको रकममा व्यवस्थापन समितिका अध्यक्ष बोहराले पेश्की लिएको सात लाख उनान्तीस हजार रुपैंया हिनामिना गरेको पाइएपछि मुद्धा दर्ता गरिएको हो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिंदा बिगो ७,२९,९४६ रुपैया बिगो दाबी माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस्