फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोका एक राजनीतिक सल्लाहकारको आपत्तिजनक भिडियो लिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
भिडियोमा देखिएकी महिला राष्ट्रपतिका सल्लाहकारकी पत्नी नभइ पर स्त्री थिइन्। सेक्स टेप लिक भएपछि ती नेता पेरिसको मेयर चुनावबाट बाहिरीनु परेको थियो। रुसीका एक आर्टिस्ट प्योत्र पावलेन्स्कीले उनको भिडियो लिक गरेको स्वीकार गरेका छन्।
ती आर्टिस्टका अनुसार फ्रान्सका नेता बेंजामिन ग्रिवीक्स आपत्तिजनक क्रियाकलाप गरिरहेको अवस्थामा देखिएका छन्। फ्रान्सका नेताले उनकी गर्लफ्रेण्ड अलेक्सज्याण्ड्रा डे ट्याडियोलाई उक्त भिडियो पठाएका थिए।
नेताको कर्तुत बाहिर ल्याउनका लागि उक्त भिडियो सार्वजनिक गरेको ती आर्टिस्टले बताएका छन्। बेंजामिनले भिडियो लिक भएपछि नीति स्वतन्त्रता उल्लंघन गरेको आरोपमा उजुरी दिएका थिए।
उक्त भिडियो बाहिरीएपछि आइतबार आर्टिस्ट प्योत्र पावलेन्स्की र उनकी वकिल प्रेमिका अलेक्ज्याण्ड्रालाई प्रहरीले पक्राउ गरेको छ। पावलेन्स्की रुसका भएपनि फ्रान्समा जीवनयापन गरिहेका छन्।
आपत्तिजनक भिडियो बाहिरीएपछि बेन्जामिनले शुक्रबार पेरिसको मेयर उम्मेद्वारबाट बाहिरीनु परेको थियो।