एजेन्सी । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १७ सय बढीको ज्यान गइसकेको छ।
७० हजार ५ सय ४८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको प्रकोपसँग लडिरहेको चीनका मनछुने दृष्यहरु बाहिरीरहेका छन्।
यसै क्रममा कोरोना भाइरसबाट संक्रमित ८७ वर्ष वृद्ध दम्पतिको मनछुने भिडियो सार्वजनिक भएको छ। कोरोना भाइरसबाट संक्रमित दुबै जनाको एउटै अस्पतालको छुट्टा छुट्टै वार्डमा उपचार भइरहेको छ।
वृद्धका पति उपचारपछि हिँड्डुल गर्ने अवस्थामा रहेका छन् भने त्यही उमेरकी उनकी पत्नी बेडबाट उड्न सकेकी छैनिन्। कोरोनाबाट सिकिस्त बनेकी पत्नीलाई वृद्ध पतिले केही खुवाइरहेको दृष्य भिडियोमा देख्न सकिन्छ।
७ वर्षदेखि उनकी श्रीमती अल्जाइमर रोगबाट पीडित छिन्। उनै वृद्धले ७ वर्षदेखि श्रीमतीको हेरचाह गरिरहेका छन्। उनले आफ्नी श्रीमतीको निकै चिन्ता लिने गर्दछन्। उनी आफ्नो हातमा सलायन झुण्डाएर प्रत्येक दिन श्रीमतीलाई भेट्न जान्छन् र खानेकुरा खुवाउछन्।
उक्त मनछुने भिडियो बाहिरीएपछि वृद्ध दम्पत्तिको प्रेमले यतिबेला निकै चर्चा पाइरहेको छ।