पैसाबाट पनि कोरोना भाइरस सर्न थालेपछि ८४ हजार करोडका नोट नष्ट गर्दै चीन

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ५०


चीन । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १७ सय बढीको ज्यान गइसकेको छ। ७० हजार ५ सय ४८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि चीनले हर प्रयास गरेको छ। 

भाइरस नियन्त्रणका लागि भन्दै चीनले बाहिर निस्किन समेत प्रतिबन्ध लगाएका बेला अर्को खबर पनि बाहिरीएको छ। चिनियाँ सरकारले कोरोना भाइरस संक्रमितको हातबाट बजारमा फैलिएका नोट पनि नष्ट गर्ने तयारी गरेको छ। 

पैसाबाट पनि कोरोना भाइरस सर्ने आशंका गरिएपछि त्यहाँको सरकारले करोडौँ नोट परिवर्तन गरेको छ। अब त्यहाँको सरकारले अस्पताल, बजार र यातायातबाट आएका आएका नोटहरु नष्ट गर्ने तयारी गरेको छ। 

चीनको केन्द्रीय बैँकको गुआंगझोउ ब्रान्चका अनुसार बजारबाट आएका कागजका सबै नोट नष्ट गर्ने तयारी रहेको छ। पीपुल्स बैँक अफ चाइनाले पनि काजगबाट बनेका सबै नोट नष्ट गर्ने नादेश दिएको छ। 

त्यहाँको सरकारले करिब ८४ हजार करोडका नोट नष्ट गर्ने तयारी गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस्