काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौँ जिल्ला अदालतले आज फैसला गर्दैछ । संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको हिजो (आइतबार) फैसला हुने भनिएपनि समय अभावले फैसला हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गर्नुभएकाे थियाे । कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।