एजेन्सी । बिग बोस ११ की बिजेता शिल्पा शिंदेले सिद्धार्थ शुक्लामाथि अर्को आरोप लाएकी छिन्। बिग बोस १३ को फिनालेअघि सिद्धार्थसँग प्रेम सम्बन्धमा रहेको बताएकी उनले फेरि अर्को आरोप लगाएकी हुन्।
प्रेममा रहेका बेला सिद्धार्थले आफूमाथि कुटपिट तथा विभिन्न यातनासँगै एसिड आक्रमणको धम्की दिएको उनको आरोप छ। शिल्पाले सिद्धार्थसँग कुराकानी गरेको एक पुरानो अडियो पनि सार्वजनिक गरेकी छिन्। जुन अडियोमा सिद्धार्थले अभिनेत्रीलाई थर्काउँदै गरेको सुन्न सकिने भारतीय मिडियाले जनाएका छन्।
एक भारतीय मिडियासँगको कुराकानीमा शिल्पाले भनेकी छिन्, हो मेरो सिद्धार्थसँग अफेयर थियो। सम्बन्धमा रहेका बेला सिद्धार्थ निकै एग्रेसिव थिए र ममाथि कुटपिट पनि गर्ने गर्दथे।
उनले भनिन्, उनी यतिसम्म एग्रेसिव थिए उनले एक पटक त मलाई गुडिरहेको गाडीबाट समेत फ्याकिदिएका छन्। कुटपिट त सधैँ । जसका विरुद्ध मैले पुलिसमा उजुरी पनि दिएकी थिएँ।’
शिल्पाका अनुसार उनी सन् २०११ मा सिद्धार्थसँगको सम्बन्धमा थिइन्। उनी भन्छिन्, ‘यो सम्बन्ध निकै लम्बिएको थियो। घाँटीमै झुण्डिन्थ्यो त्यो मान्छे। उसले लामो समयसम्म मलाई छोड्न अस्विकार गरिरहेको थियो किनभने उसको इगोलाई ठेस पुग्थ्यो।
शिल्पाले भनिन्, ‘जब मैले ‘बालिका बधू’ भेटेँ तब मैले बिस्तारै बिस्तारै निकै प्रेमपूर्वक उनीबाट टाढा हुन थालेँ । बिस्तारै मैले उनलाई प्रेमपूर्वक पिछा छुटाएँ।