पूर्व सांसदले मापसे गरेर चलाएको कारले यात्रुलाई दियो ठक्कर, अवस्था गम्भिर

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ३९


दाङ । नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैतलयात्रुलाई ठक्कर दिएको छ। 

उहाँले चलाएको निजि कारको ठक्करबाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ। 

दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो। गिरीले चलाएको कारको ठक्करबाट विक गम्भीर घाइते हुनु भएको प्रहरी कार्यालय अमिलियाले जनाएको छ। प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ। 

घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस्