काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य १२४ रुपैयाँ ४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ४० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर