काठमाडौँ । २०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गर्नुभयो, अपरान्ह ४ बजे तपाईंको शपथ छ। मन्त्रीका लागि तयार भएर आउनु होला।
मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि फुँयाल दौरा–सुरुवालमा आइरन लगाएर मुख्यमन्त्री शपथका लागि तम्तयार भएर बस्नुभयो।
अधिकांश अनलाइन सञ्चारमाध्यमले पनि केशव स्थापितको बर्खास्तीपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुयाँललाई नियुक्त गरिएको समाचार प्रकाशित गरे।
मन्त्री हुने चर्को हल्लीखल्ली भए पनि फुयाँलको शपथ उक्त दिन भएन। अर्को कल नआएपछि फुयाँल दौरासुरुवाल फुकालेर बस्नुभयो।
आखिर फुयाँलको हुनै लागेको शपथ किन रोकियो ? के आवश्यक परामर्थबिनै मुख्यमन्त्री पोडेल अघि बढ्दा यस्तो अवस्था आएको हो ? बागमती प्रदेशका नेकपा नेता तथा कार्यकर्ता अहिले प्रश्न गरिरहेका छन्। आजको साँघु साप्ताहिकमा खबर छ।