इन्दिराको के आयो यस्तो हल्का हल्का ? (भिडियोसहित)

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : १८


काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वर रहेको ‘हल्का हल्का गुनगुनायो’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ र माष्टरिङ गरेका छन् ।

निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ र वरपरका सुन्दर दृश्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।

दर्जनौ गीतमार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजलगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो’ले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्