लखनऊ एक्सप्रेस वेमा भयो भीषण दुर्घटना, ७ जनाको जलेर मृत्यु

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : १४


काठमाडौं । भारतको लखनऊ एक्सप्रेस वेमा भीषण सवारी दुर्घटना भएको छ । उत्तर प्रदेशको उन्नाव भन्ने स्थानमा आइतबार बेलुकी यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार एउटा ट्रक र भ्यान एकापसमा जुधेपछि उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी ७ जनाको जलेर मृत्यु भएको छ । घटना बांगरमऊको आगरा लखनऊ एक्सप्रेस–वे टोल प्लाजाको सामुन्नेमा भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीले शवहरु संकलन गरिसकिएको बताएको छ । जलेर मृत्यु भएका ७ जनाको शव संकलन गरिएको प्रहरीले बताएको छ । ट्रक र मारुती भ्यान एकापसमा ठोक्किएपछि मारुतीमा आगो लागेको थियो । घटनास्थलमै ७ जनाको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मारुतीको अगाडिको टायर पन्चर भएको थियो । टायर पन्चर भएपछि मारुतीले सन्तुलन गुमाएपछि अगाडिबाट आइरहेको ट्रकमा ठोक्किएको थियो । यो दुर्घटनापछि मारुतीमा रहेका ७ जनाको जलेर मृत्यु भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्