वुहान । कोरोना भाइरस विरुद्ध युद्ध लडिरहेको चीनले ठूलो कदम उठाउँदै हुबेई प्रान्तमा मानिसहरुको गतिविधिमा कडा प्रतिबन्ध लगाएको छ।
यो भाइरसको केन्द्र रहेको उक्त प्रान्तमा सरकारले घर बाहिर निस्कन रोक लगाएको हो।
६ करोड मानिसहरूलाई आपतकालिन अवस्थामा मात्र घर बाहिर आउन भनिएको छ।
सार्वजनिक यातायातमा प्रतिबन्ध लगाएको उक्त सहरमा निजी सवारी साधनको प्रयोगमा पनि अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ।
कोरोना भाइरसको कारण हुबे र वुहानका शहर सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ १६ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन्।
भाइरस विरुद्धको लडाईमा अझै जित हाँसिल गर्न नसकेको चीनले पछिल्ला केहि दिनमा भने भाइरसको सकंमण कम भएको जनाएको छ।
अघिल्ला दिनहरुभन्दा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गएको र चाँडै नियन्त्रणमा लिने चिनियाँ अधिकारीहरुले बताएका छन्।
के के छ प्रतिबन्ध ?
चीनले सबैलाई घरबाट बाहिर निस्किन निषेध गरेको हो । साथै तीन दिनमा एटा घरको एक जनालाई खाना तथा आवश्यक चीजहरू ल्याउनका भने अनुमति दिएको छ।
त्यहाँ औषधि, होटेल, खाद्यान्न पसल र स्वास्थ्य सेवा बाहेक सबै पसलहरू बन्द गर्न आदेश दिइएको छ।
सामानको डेलिभरी बाहेक सबै प्रकारका सवारी सधानहरूमा प्रतिबन्ध लगाइएको छ।
वुहान तथा हुेबईबाट राजधानी आउननेलाई १४ दिनसम्म चिकित्सकीय निगरानीमा एक्लै बस्न भनिएको छ ।
नियमको पालना नगर्नेहरुलाई सजाय हुने छ।
चीनको केन्द्रीय बैंकले भाइरसको फैलावट रोक्न प्रयोग हुने नोटहरूलाई कीटाणुमुक्त गर्ने निर्णय गरेको छ।
आइतवार, चिनियाँ अधिकारकारीले २ हजार ९ जना नयाँ बिरामी थपिएको जनाएका छन्। जबकि शनिबार २६ सय ४१ जना नयाँ संक्रमित भेटिएका थिए। शुक्रबार ५००९ जना संक्रमित भेटिएका थिए।
आँकडा हेर्दा बिरामीको संख्या घट्दै जाँदा नियन्त्रण हुने संकेत समेत देखिएका छन्।
नयाँ संक्रमितको संख्यामा कमि आउनुले भाइरस नियन्त्रण उन्मुख रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बताएका छन्।