कलाको गलामा झुम्दा हापुरे महोत्सवमा थपियो रौनक

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ३७


केएम निष्ठुरी 
दाङ । जिल्लाको बबईस्थित हापुरेमा जारी महोत्सवमा लोक तथा दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति र गलामा दर्शकहरु झुम्दा महोत्सवमा रौनक थपिएको छ । कलाले गाउँदा हजारौं दर्शक छमछमी नाचेका छन् ।

कला र संस्कृतिलाई संरक्षण गरौं, भ्रमण बर्ष २०२० लाई सफल पारौं भन्ने मूल नाराका साथ हापुरेमा सञ्चालित महोत्सवमा पछिल्लो समय विभिन्न मेला महोत्सवमा अत्यधिक रुचाइएकी लोकप्रिय लोक तथा दोहोरी गायिका लम्सालको बेजोड प्रस्तुतिले दर्शकदीर्घालाई छमछमी नचाएको थियो ।

धानको चामल धानैको चिउरा, मायालुलाई सम्झना के दिऊँ र ?, पञ्चेबाजा हेर्न मनाही छ, छड्के तिलरी जस्ता करिब आधा अर्जन गीत गाएकी लम्सालको प्रस्तुतिले महोत्सव तातिएको थियो । 

तनहुँको थर्पु बजारमा जन्मिएर करीव १५ वर्षअघि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी लम्साललाई पछिल्लो समय विभिन्न मेला महोत्सवमा भ्याइनभ्याई छ ।


प्रतिक्रिया दिनुहोस्