ललितपुरको जंगलमा नग्न अवस्थामा युवतीको शव फेला

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ३ : ४५


ललितपुर । ललितपुरस्थित लेले सामुदायिक वनमा नग्न अवस्थामा युवतीको शव फेला परेको छ। अन्दाजी २२–२५ वर्ष उमेरकी युवतीको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ। 

युवतीको पहिचान हुन सकेको छैन्। मंगलोलियन अनुहारकी ती युवतीको हुलियाको आधारमा शवको पहिचान गर्ने प्रयास भइरहेको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिनुभयो। 

शवमा निलडाम देखिएपनि जबरजस्ती करणी वा करणीको प्रयास भएको हुनसक्ने कुनै संकेत नभेटिएको प्रहरीले जनाएको छ। 

शवलाई पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस्