जमिन खन्दा ६ हजारबढी मानिसको कंकाल फेला परेका छन्। सरकारले जनवरीदेखि सुरु गरेको उत्खननका क्रममा उक्त कंकाल फेला परेका हुन्।
यो घटना पूर्वी अफ्रिकी देश बुरुंडीको हो। बुरुंडीका करुसी प्रोविन्समा ६ स्थानबाट ६ हजार ३३ मानिसको कंकाद बरामद गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कंकालका साथमा गोली, मानिसको कपडा र चश्मालगायतका समाग्री पनि जमिन मुनी फेला परेका थिए। शरीरमा भेटिएका सामानबाट पनि मानिसको पहिचान समेत गरिरहेको बताइएको छ।
केही वर्षअघि सरकारले देशभरमा ४ हजार सामूहिक चिहान खोतल्ने र डेड बडीको पहिचान गर्ने फैसला परेको थियो। जसका लागि ट्रुथ एण्ड रिकोन्सिलेशन कमिटी पनि निर्माण गरिएको थियो। बुरुंडीमा सन् १९९३ बाट सुरु भएको युद्ध २००५ सम्म चलेको थियो। अत्यमा एक सम्झौतापछि गृह युद्ध रोकिएको थियो।