काठमाडौं । ललितपुर महानगरपालिकाले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ।
महानगरपालिकाले विज्ञप्ति जारी गर्दैै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।
शाक्यको शोकमा महानगरपालिका कार्यालय र यस अन्तर्गतका २९ वडा कार्यालयमा सार्वजनिक बिदा दिइने विज्ञप्तिमा उल्लेख छ।
ललितपुरका पूर्वमेयर शाक्यको आइतबार उपचारका क्रममा मेडिसिटी अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्वतन्त्रता सेनानी शाक्य नगरपालिका संघका पूर्व केन्द्रीय अध्यक्ष प्रजातन्त्र सेनानी संघको ललितपुर जिल्ला सभापतिसमेत भएका थिए।
शाक्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै उनको योगदानप्रति सम्मान प्रकट गरेका छन्।