काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको छ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहनुभएका ८९ वर्षीय शाक्यको निधनमा दुःख व्यक्त गर्नुभएको हो।
प्रजातन्त्र सेनानी सङ्घ ललितपुरका पूर्वअध्यक्षसमेत रहनुभएका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
स्व शाक्यको निधनमा पार्टीका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। “काँग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली काँग्रेसको सङ्गठन निर्माणमा उहाँले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले दुःखको यस घडीमा स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।