महरा विरुद्धको मुद्दाको अन्तिम सुनुवाई भोलि

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ०४


काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराको बलात्कारसम्बन्धी मुद्दामा अदालतले भाेलि फैसला सुनाउने भएको छ । महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो ।

आज बहस सकिएको छ र फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिनुभएको छ । आज महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, डा. भीमार्जुन आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा र डा. दीनमणि पोखरेलले बहस गर्नुभएको थियो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ पर्नुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्