काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयले सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रति आपत्ति जनाएको छ।
सामाजिक सञ्जालमा पछिल्लो समय मुख्यमन्त्री गुरुङले सरकारी निवासमा मदिरा पार्टी दिइरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सरकारी ओहदाको दुरुपयोग गरेको आरोप लागिरहेका बेला मुख्यमन्त्री सचिवालयले भने यो विषयलाई अतिरञ्जित गरिएको भन्दै खण्डन गरेको छ।
मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।