प्लेन डिले भएपछि बाबुरामले भेटे प्रचण्ड

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ०३


काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल लगायतका नेताहरूसँग भेट गरेका छन्।

पूर्व सहकर्मी प्रचण्ड सँगै राम बहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरुसँग भट्टराईले भेट गरेका हुन्।

वुहानलगायत क्षेत्रमा रहेका नेपाली ल्याएर आइतबार बिहान नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण भएको थियो जसका कारण ३ घण्टासम्म विमानस्थलका आन्तरिक र बाह्य उडान प्रभावित भए।

त्रिभुवन विमानस्थलमा विमानले उड्न ढिलाई गरेपछि नेताहरुसँग भेट भएको डा भट्टराईले ट्विट मार्फत बताएका छन्। 


प्रतिक्रिया दिनुहोस्