चीनमा फैलिएकाे कोरोनाका कारण भारतकाे पश्चिम बंगालमा कपालकाे थुप्राे

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : ४८


काठमाडाैं । चीनको वुहान सहरबाट २,७९९ किलोमीटर पर रहेको पश्चिम बंगालमा पूर्वी मिदनापुर जिल्लाको भगवनापुर गाउँ कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको छ । यो क्षेत्रमा बस्ने पुतुल बेरा तथा रीता मेती जस्ता सयौं मानिस कोरोना भाइरसका कारण संकटमा परेका हुन ।

मानिसको कपालका सामग्री बनाउने काम गर्ने यी मानिसहरुले महिनामा करिब ५० टनको उत्पादन गर्दै आएका थिए । तर विगत २ सातादेखि उनीहरुको यो काम रोकिएका कारण उनिहरू संकटमा परेका हुन । यसैबाट बाट घर खर्च चलाउदै आएकि रीता मेदी भन्छिन्, 'हामीलाई थाहा थिएन कि कुन भाइरसको आक्रमण हुन्छ भनेर । हामीले हजारौ रुपैयाँको कपाल किनेका थियौं ।' ४० हजारको मूल्यमा मानिसको कपाल किनेका रीताकी छिमेकी पुलुब बेरा र उनका पति समस्यामा परेका छन ।

उनीहरुलाई ठूला व्यापारी र निर्यातकर्ताबाट आफ्नो हजारौ रुपैयाँ भुक्तानी हुने अपेक्षा थियो । चीनमा सामग्री बिक्री गर्न नपाएकाे र त्यसैले बक्यौता पैसा तिर्न समस्या भएकाे उनिहरू बताउँछन । यो क्षेत्रका सैयौ एजेन्टले मानिसको कपाल संकलन गरेका छन् । कपाल कोर्दाको समयमा कपाल काधमा झर्छ र यसलाई छोटो–छोटो गुच्छामा एजेन्टलाई बिक्री गरिँदै आएको छ । पंजाब र कश्मीरका पुरुष तथा महिलाको कपाललामाे भएका कारण राम्रो मानिन्छ र मूल्य पनि बढी हुन्छ ।

भगबानपुर, चण्डीपुर तथा यसको आसपासको क्षेत्रमा ट्रक, रेल तथा एयर कार्गोबाट पनि बोरामा भरेर मानिसको कपाल आउने गरेको छ । कपालको यी गुच्छा मिलाएर धुने र पछि सुकाएर ५ देखि २६ इन्च सम्म फरक–फरक आकारमा काटेर पछि यसलाई बन्डल बनाएर चीनमा निर्यात गरिन्छ । कपालको यो काम कारखानादेखि लिएर घरमा समेत गरिन्छ ।

तर हाल आएर भने यो सबै काम रोकिएको छ । कोरोना भाइरसका कारण सारा व्यापारिक कामकाज ठप्प भएको र चिनियाँ खरिदकर्ता आउन छाडेकाेले तयार भइसकेको उत्पादन निर्यात गर्न नसकेकाे कारण ८० प्रतिशत भन्दा बढी मानिस बेरोजगार भएकाे कपालका एक ठूला निर्यात शेश हसीफुर रहमानले बताएका छन । हाल उनीहरुको कारखाना खाली भएको छ, जहाँ केही साता पहिले दैनिक करिब २५–३० मानिस काम गर्दै आएका थिए ।

यहाँ वर्षभरीनै चिनियाँ खरिदकर्ता आउने जाने गर्दथे । उनीहरु सबै चिनियाँ नयाँ वर्ष मनाउनका लागि गएका उनीहरु मध्ये कोही पनि फर्केर आएका छैनन् । कपालको वयापार यो क्षेत्रको अर्थव्यवीसथाको मुख्य आधार हो । यो अचानक बन्द हुनाले यसको असर अन्यमा पनि परिरहको छ । कोरोना भाइरसले अर्थव्यवस्थामा कसरी असर पारिरहेको छ भन्ने विषयमा अझै प्रज्वल राम्ररी बताउछन् । उनी एक राष्ट्रिय बैंकका एजेन्ट हुन् ।

उनले बैंकको काउन्टरले जस्तै मानिसबाट पैसा जम्मा गर्छन र उनीहरुलाई भुक्तानी पनि दिने गर्छन् । आफ्नो काउन्टरबाट दैनिक करिब १० लाख भारुको लेनदेन हुने गरेको तर कोरोना भाइरसका कारण यसमा ९० प्रतिशतले गिरावट आएको उनी बताउछन् ।


प्रतिक्रिया दिनुहोस्