काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै छ । प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा अन्तिम सुनुवाइ हुने भएको हो। आज महराका कानुन व्यवसायीहरुले जिल्ला आदालत काठमडौँमा बहस गर्दैछन् ।
महरामाथि लागेको अभियोगको जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । बहस सकिए आजनै फैसला आउने बताइएकाे छ ।महरालाई थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेपछि उनी अहिले जेल जीवन बिताइरहेका छन् । उच्च अदालतले महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेसँगै उनको आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।