चोरी गर्न ढोका फोडेर भित्र पसे चोर, जहाँ मदिरा भेटाएपछि यतिधेरै पिएकी…

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : १०


चोरीका घटना र चोरले गरेका हर्कतका बारेमा धेरै रोचक कुरा बाहिरीने गरेका छन्। यसै क्रममा यस्तै यस्ता घटना पनि सार्वजनिक भएको छ। 

चोरी गर्नका लागि चोर ढोका फोडेर घरभित्र छिरे। जहाँ उनले मदिराको बोतल देखे। त्यसपछि उक्त बोतलले उनको मन थाम्न सकेन्। त्यसपछि उनले त्यही मदिरा पिउन सुरु गरे। 

यो घटना भारतको मंबुईस्थित मरीन ड्राइव क्षेत्रको गिरीकुंज भवनको हो। यहाँ एक व्यापारीको फल्याटमा चोर चारी गर्नका लागि ढोका फोडेर भित्र पसे। यसै बीचको उनको नजर त्यहाँ राखेको मदिराको बोतलमाथि पर्यो। बोतल भेट्नासाथ उनले मदिरा पिउन सुरु गरे। 

मदिराको नसामा चोर यसरी डुबे की उनले आफ्नो सबै सोचबुझ गुमाएर र त्यही लडे। घटनाको जानकारी तब भयो जब बिहान घरमा काम गर्न आएका नोकरले ढोका भित्रबाट बन्द भएको भेटाए। त्यसपछि उनले प्रहरीलाई जानकारी यसको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुचना पाउनासाथ त्यहाँ पुगेको प्रहरीले चोरलाई लडिरहेको भेटाए। सोधपुछका क्रममा ती व्यक्तिले उक्त घटनाका बारेमा सुनाए। उनको कुराले प्रहरी समेत चकित बन्यो।  


प्रतिक्रिया दिनुहोस्