काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिका- १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । काभ्रा निवासी अन्दाजी १६-१७ बर्षीया कविता बोहराको हत्या भएको हो। उनको घाँटीको स्वासनली काटेर हत्या भएको प्रहरीले जानकारी दिएकाे छ ।
शव घरभन्दा करिब १०-१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो । अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको बताइएकाे छ । गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् ।
घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानकारी दियाे । घटनावारे अनुसन्धान भइरहेकाे प्हरीले जानकारी दिएकाे छ ।